डा. सुरेन्द्र कुमार झा

हार्दिक धन्यवाद – डा. सुरेन्द्र कुमार झा


1 minute

जसपा नेपालको टिकटबाट चुनाव लड्नु हुने सम्पुर्ण आदरणीय नेता/मधेश आन्दोलनको योद्धाहरु र सम्पूर्ण पार्टी पंक्तिलाई विशेषरुपमा बधाई एवं धन्यवाद दिन चाहन्छु । तपाईंहरु चुनावमा जनतासङ्ग प्रत्यक्ष रुपमा जुड्नु भई जसपा नेपालको आधारभुत मुद्दाहरु जनताको घर – दैलो सम्म पुर्याउनु भयो र निर्वाचनमा सक्रिय भुमिका निर्वहन गर्नु भयो । लोकतन्त्र तथा बहुदलीय प्रतिस्पर्धामा जनताको अभिमत नै अन्तिम सत्य हो । जसलाई हामी स्विकार्दै पार्टीको आन्तरिक बैठक मार्फत जेएन जि आन्दोलन, मधेश प्रदेशको सरकार संचालन, टिकट बितरण, चुनावी प्रक्रिया एवं परिणाम बारे गम्भीर समिक्षा गरि पार्टीले धारणा बाहिर ल्याउने नै हो ।

जसपा नेपालको लागि यो न पहिलो चुनाव हो न अन्तिम नै । तसर्थ चुनाव पनि हाम्रो लागि संघर्स कै एउटा स्वरुप भएको हुनाले हामीले पार्टीको नीति अनुरुप राम्रो सङ्ग जनताको बिच प्रस्तुत भएका हौं ।

अन्तर्राष्ट्रिय मिडिया र केहि एजेन्सिहरुलाई चुनाव हुनु भन्दा अगाबै वालेन प्रधानमन्त्री हुने र परिणाम यस्तै आउने कुरा कसरि थाहा भयो यो अनुत्तरित प्रश्नको उत्तर समयले देला ।।

चुनावमा ल्यान्ड स्लाईड परिणाम ल्याउन सफल रहेको रा. स्व .पा . पार्टीलाई हार्दिक बधाई तथा मुलुक एकाकार गरि समग्रता र सामुहिकतामा लिएर अगाडि बढ्ने छ भन्ने बिश्वास लिएको छु ।

जय मधेश

जय देश


Leave a Reply

Your email address will not be published. Required fields are marked *